७९ जना सवार श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण
प्रकाशित:
२०७९, १९ श्रावण

काठमाडौं, १९ साउन । काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिइएको छ ।
श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीका अुनसार जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।
आज बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको उनले बताए ।
सो विमानमा चालक दलका सदस्यसहित ७९ जना सवार थिए । उनका अुनसार चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेका छन् । जहाज सुरक्षित अवतरण भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
