लागूऔषधसहित २२ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौं, १८ साउन । प्रहरीले ठूलो मात्राको लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइन, आगुऔषध डीयालेक्स-डीसी (१०० एमएल) ११८० बोतल, लागुऔषध नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा तुलसा खड्का, युवराज खड्का, किशोर चौलागाईँ, मानबहादुर तामाङ, बुद्धबहादुर बोम्जनलगायत छन् ।

व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा र नियन्त्रित लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको बताए ।

नियन्त्रण लिइएको लागुऔषधमध्ये ११८० बोतल डीयालेक्स-डीसी (१०० एमएल) ६ वटा तरकारीको बोराभित्र भेटिएको उनले बताए ।

प्रतिक्रिया