मुम्बई उड्न लाग्दा पक्राउ परेका व्यक्ति ‘सुन व्यवसायी’
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौं, १८ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजबाट भारतको मुम्बई जान लाग्दा पक्राउ परेका व्यक्ति सुन व्यवसाय रहेको खुलेको छ ।

सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा आबद्ध सन्तोष लामिछाने र उनीसँगै रहेका मीना लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि विमानमा शंकास्पद व्यक्ति चढेको सूचनाका आधारमा प्रहरीले यात्रु ओरालेर चेकजाँच गरेको थियो । सोक्रममा उनीहरुलाई सिआईबीले पक्राउ गरेको हो ।

सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनीहरु मुम्बई घुम्न जान लागेका बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।

जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया