मुम्बई उड्न लागेको विमानबाट एक जना शंकास्पद व्यक्ति पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १८ श्रावण

काठमाडौं, १८ साउन । मुम्बई उडन लागेको नेपाल एयरलाइन्सको विमानबाट एक जना व्यक्ति पक्राउ परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकास्पद व्याक्ति भएको भन्दै ती व्याक्तिलाई नियन्त्रणमा लिएको हो ।

उनी मुम्बई जाने तयारीमा थिए । तर, प्रहरीले शंकास्पद व्याक्ति भएको विशेष सूचना पाएपछि उडनै लागेको विमानलाई रोकेको थियो । ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको गरिएको थियो ।

कैलालीमा मुद्दा चलिरहेको फरार आरोपीलाई पक्राउ गरिएको प्रहरी अधिकारीले बताए । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया