म्याग्दीमा पहिरो: एकै परिवारका ५ जनाको मृत्यु
प्रकाशित:
२०७९, १७ श्रावण

म्याग्दी, १७ साउन । म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–२ रुमको घाङ्लेपानीमा मंगलबार बिहान साढे ६ बजेतिर पहिरो खस्दा ५ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीका अनुसार मृत्यु हुनेमा ३६ वर्षीय घामबहादुर विक, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नवीन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मी छन् ।
छिमेकी घरका दुई जना घाइते भएको बताइएको छ । घाइतेहरू भने ६५ वर्षीय गोठे विक र उनकी श्रीमती गोरी विक छन् । उनीहरूको अवस्था सामान्य नै रहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
पहिरोले तीन वटा घर बगाएको छ । अर्को एउटा घर भने खाली रहेको थियो । पहिरोले गोठहरू पनि पुरिएका छन् । कतिपय चौपायहरू मृत र बेपत्ता समेत छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
