काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले त्यसका लागि १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो ।
जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन् ।
विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल वीरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ बागलुङको धौलागिरी अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल छन् ।
यस्तै, नेपालगन्जको भेरी प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत‚ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।
यी अस्पतालमा कोरोनाका मध्यम तथा गम्भीर बिरामीको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।