सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, १६ श्रावण

काठमाडौं, १६ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा अघिल्लो दिनको तुलनामा आज प्रतितोला दश रुपैयाँ घटेको हो ।

प्रतिक्रिया