काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटियो
अखबार टुडे
प्रकाशित:
२०७९, १६ श्रावण

काठमाडौं, १६ साउन । काठमाडौंको तारकेश्वर नगरपालिका– २ स्थित काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव भेटिएको छ ।

सोमबार विहान श्रीमान,श्रीमती र दुई छोराछोरी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए । ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार उनीहरुको के कारणले मृत्यु भएको हो भन्नले खुलिनसकेको जानकारी दिए । घटनास्थलमा प्रहरी पुगिसकेको र हत्याबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया