बचतकर्ताकाे झण्डै साढे पाँच अर्ब हिनामिना गरेर सहकारी संस्थाका सञ्चालक फरार
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् ।

आइतबार विभागमा उजुरी दिन पुगेका पीडितहरु

सञ्चालकहरुले ७ दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सबै फरार रहेको र बचतकर्ताको रकम फिर्ता नगरेको पीडितहरुको भनाइ छ । बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना भएकै कारण उजुरी दर्ता गरिएको पीडित विजयकुमार रञ्जितले बताए । उनले आफुहरुले प्रमाणसमेत राखेर उजुरी गरेकाले न्याय पाउने अपेक्षा गरेका छन् ।

सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको पीडितहरुले बताएका छन् । सहभागी बिभागले बिभागको चल–अचल सम्पती रोका गर्न अनुरोध गरेर प्रहरी अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भइसकेको जनाएको छ ।

आइतबार विभागमा उजुरी दिन पुगेका पीडितहरु
प्रतिक्रिया