पूर्वी डोनेट्स्क क्षेत्र छाड्न नागरिकलाई राष्ट्रपति जेलेन्स्कीको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई उक्त स्थान खाली गर्न आदेश दिएका छन् ।

शनिवार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध थप चर्किन सक्ने चेतावनीसहित त्यहाँका नागरिकलाई ठाउँ खालि गर्न आदेश दिएको बीबीसीले जनाएको हो ।

‘जति धेरै मानिसहरूले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग हत्या गर्ने समय उति नै कम हुनेछ,’ उनले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’

उक्त क्षेत्रमा भीषण युद्ध चलिरहेको छ । उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा रहेको जनाइएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार अझै हजारौँ सर्वसाधारणहरू उक्त क्षेत्रमा फसेका छन् । शुक्रवार रुसी आक्रमणमा परेर छ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए ।

प्रतिक्रिया