जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुने
अखबार टुडे
प्रकाशित:
२०७९, १५ श्रावण

काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द«का नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुने भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।

सोही दिन यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया