खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प
प्रकाशित:
२०७९, १५ श्रावण
काठमाडौं, १५ साउन । खोटाङ केन्द्रबिन्दु भएर आइतबार बिहान ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे ।
‘खोटाङको मार्तिम बिर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको उनले बताए । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन ।
विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार