नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १४ श्रावण

काठमाडौ., १४ साउन । नेपालमा पनि पुनः कोरोनाभाइरस संक्रमित बढ्न थालेको छन् । पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्र्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ जनाको मृत्यु पनि भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६६ पुगेको छ ।

त्यस्तै, २७७ जना निको पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४ हजार ३६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया