४५ जना यात्रु सवार यति एयरलाइन्सको इन्जिनमा खराबी देखिएपछि पोखरामै अवतरण
अखबार टुडे
प्रकाशित:
२०७९, १३ श्रावण

पोखरा, १३ साउन । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको एउटा इन्जिनमा समस्या देखिएपछि पोखरामै अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

उनका नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो ।
८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो उक्त जहाजमा जहाजमा ४५ जना यात्रु थिए ।

प्रतिक्रिया