अभिनेत्री मिरुनाविरुद्ध गाली-बेइज्जतीसम्बन्धी मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७९, १२ श्रावण

काठमाडौं, १२ साउन । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । काठमाडौं बौद्धका भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्धसमेत तामाङले मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।

तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा समेत मिरुनाले बेवास्ता गरेको भन्दै मुद्दा दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।

गत जेठ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् । त्यतिबेला उक्त विवाद दुबै पक्षको सहमतिमा मिलाएको थियो ।

प्रतिक्रिया