भिडियोमा दर्पण र सुजिताको नमुना प्रेम… (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ११ श्रावण

काठमाडौं, ११ साउन । दर्पण राई र सुजिता योञ्जन, यी दुईको चिनारी गीतकार र गायिका हुन् ।

‘तिम्ले बाटो फेर्यौ अरे’जस्ता चर्चित सिरियल गीतका गीतकार हुन् दर्पण राई । यस्तै, सुजिताले सांगीतिक रियालिटी शो द भ्वाइस अफ नेपाल’मार्फत गायिकाको परिचय बनाएकी हुन् । यिनै गीतकार दर्पण र गायिका सुजिता अभिनीत एक भिडियो सार्वजनिक भएको छ, ‘नमुना’ ।

गीतकार तथा मोडलसमेत रहेका दर्पण राईकै शब्दरचना रहेको गीतको भिडियोमा दर्पण र सुजिता एक प्रेमिल नमुना जोडीका रुपमा देखिएका छन् अर्थात उनीहरु आफूहरुको साँचो प्रेमलाई भागेर विवाहमा परिणत गर्छन् । यस गीतको भिडियोले चोखो प्रेम गर्नेहरुको उदाहरण दिएको छ ।

भिडियोमा सुजितालाई उनका घरपरिवारले विवाह गरिदिन खोज्दा आफ्नो प्रेमी दर्पणसँग भाग्छिन् । त्यसपछिको दृश्यले भिडियोमा कथानक रुप लिएको छ ।

यस गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ । अजय कार्कीको संगीत रहेको यस गीतको भिडियोलाई सशान कँडेलले निर्देशन गरेका हुन् । यस भिडियोलाई बुधबार एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया