नेफिन युएईद्वारा ‘२८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस-२०२२’ भव्य रुपमा मनाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, १० श्रावण

दुवई, १० साउन । नेपाल आदिवासी जनजाती महासंघ युएईले विगतका बर्षझैँ यो बर्ष पनि २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस तथा आदिवासी जनजती महोत्सव–२०२२ भव्य कार्यक्रमबीच मनाउँदै छ ।

महासंघले यही आउँदो १४ अगस्टमा बर दुवईस्थित क्लव एभरेस्ट (याक एण्ड यती)मा एक समारोहबीच अन्तर्राष्ट्रिय विश्व आदिवासी दिन मनाउन लागेको हो ।

कार्यक्रममा आदिवासी जनजातीहरुको पुरात्विक एवं पौराणिक जगाउने स्टल, भेषभूषा, साँस्कृतिक नाच –झाकीका साथमा ‘मिस्टर एण्ड मिस इण्डिजिनियस–२०२२’ प्रतियोगिता पनि रहेको महासंघले जनाएको छ ।

उक्त कार्यक्रमलाई भव्य बनाउन नेपालबाट दुवई पुगेका स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने नेपाल आदिवासी जनजाती महासंघ, युएईकी अध्यक्ष विजयालक्ष्मी राईले जानकारी दिएकी छन् ।

उनका अनुसार कार्यक्रममा एक्स्पो २०२२ दुवई नेपाली पविलियनद्वारा नेपाल आदिवासी जनजाति महासंघ युएई मातहतमा आफनो मौलिक झाकी प्रस्तुति देखाइएने छ । उनीहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

कोभिड–१९ महामारीका कारण समस्यामा परेका नेपालीलाई राहत÷उद्दार गर्न संक्रमणको उच्च जोखिम हुँदाहुँदै पनि स्थानीय प्रशासनसँग समन्वय गरि नेफिन युएईले कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटेर साहसिक योगदान गर्नेहरुलाई सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष राईले जनाइन् ।

दुवईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा बिषेश अतिथि एक्स्पो २०२० दुवई नेपाली पविलियनका निर्देशक अमृतरत्न शाक्य रहने भएका छन् ।

प्रतिक्रिया