चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, ९ श्रावण

काठमाडौं, ९ साउन । चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता तथा निर्माता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका अभिनेता केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । झण्डै तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय केही पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सुरुमा उनी नेकपा एमालेमा खुलेका थिए ।

एमालेमा खुल्दा समेत उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रयत्न गरेका थिए । तर, एमाले नेतृत्वको सरकारले बोर्ड अध्यक्ष नबनाएपछि उनी स्थानीय तहको निर्वाचन ताका नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।
यस पटक विकास बोर्डको अध्यक्षका लागि १० जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया