काठमाडौंका कल सेन्टरमा प्रहरी छापा, एक चिनियाँसहित २० जना नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७९, ९ श्रावण

काठमाडौं, ९ साउन । प्रहरीले काठमाडौंको तीनकुनेस्थित चिनियाँ नागरिकले सञ्चालन गरेको सेन्टरमा प्रहरीले छापा मारेको छ ।

सोमबार काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाको टोलीले तीनकुने र गैह्रीगाउँका कल सेन्टरमा छापा मारी कागजातसँगै एक चिनियाँसहित २० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । उनका अनुसार काठमाडौं उपत्यकाका अन्य स्थानमा समेत गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरेको आशंकामा सादा पोसाकसहितको टोली निगरानीमा खटाइएको छ ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई प्रकाउ गरेको छ ।

प्रतिक्रिया