माधव, उपेन्द्र र बाबुरामसँग पार्टी एकताबारे केही दिनमै निष्कर्षमा पुग्ने छौँ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ७ श्रावण

जनकपुरधाम, ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव र बाबुराम भट्टराई समेटेर ‘नेकपा समाजवादी केन्द्र’ बनाउने प्रयास भइरहेको बताएका छन् ।

जनकपुरधाममा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादी केन्द्र बनाउँदा त्यसमा समेटिन उपेन्द्र यादवलाई अप्ठेरो नहुने बताए । अध्यक्ष प्रचण्डले चुनावी मोर्चा हुँदै समाजवादी केन्द्र निर्माण र पार्टी एकतासम्म लक्षित रहेको बताए ।

अधयक्ष प्रचण्डले भने, ‘उपेन्द्र र बाबुरामको पार्टी विभाजन निश्चित भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको छ ।’ समाजवादी केन्द्र निर्माणबारे बाबुराम भट्टराई, माधव नेपाल, उपेन्द्र यादव, वामदेव गौतमसँग कुरा भइरहेको उनको भनाइ छ ।

उनीहरु गठबन्धनबाट बाहिर जान नहुने बताउँदै उनले भने, ‘गठबन्धनभित्र रहेका सबै वाम दलहरुसँग र वामदेवजीसँग राम्रो समझदारी बनाउनुपर्छ । र, चुनावी खालको मोर्चा पनि हुनसक्छ ।’ पार्टी एकताका लागि केही दिनमै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया