भिडियोमा ज्वाला र मानषीको ‘माया जाल’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ श्रावण

काठमाडौं, ७ साउन । गायक ज्वाला राई र मानषी तामाङ फिचर्ड ‘माया जाल’ बोल गीतको भिडियो सार्वजनिक भएको छ ।
लुटपाटको घटनालाई आधार बनाएर प्रस्तुत गरिएको भिडियोको कथामा गायक राई ब्याडब्वाईका चरित्रमा देखिएका छन् । यस गीतमा मिलन किरातीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ ।

देबेश राईको संगीत संयोजन रहेका यस गीतको भिडियोमा विषम आचार्य, बिबस भट्टराई, बिक्रम तामाङ र पारु चौधरीको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया