पुष्पलालबाटै दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेका छौँ : अध्यक्ष नेपाल
अखबार टुडे
प्रकाशित:
२०७९, ७ श्रावण

काठमाडौं, ७ साउन । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

शनिबार पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन् । आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं ।’

उनले पुष्पलाल अरुभन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित देश र जनताको निमित्त केन्द्रित भएको बताए । कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत उनले बताए । कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया