फेरि कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- माक्स अनिवार्य नगाऔँ
अखबार टुडे
प्रकाशित:
२०७९, ६ श्रावण

काठमाडौं, ६ साउन । नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्स अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सूचना जारी गर्दै विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन् ।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।
खोप नलगाएकाहरूले लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा केही दिनयता कोरोना संक्रमित बढ्दै गएका छन् । बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो । तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया