कहाँबाट आयो ८ ट्रक अवैध सुपारी ?
अखबार टुडे
प्रकाशित:
२०७९, ६ श्रावण

विराटनगर, ६ साउन । विराटनगरमा ठूलो मात्रा सुपारी बरामद भएको छ । बिहीबार साँझ प्रहरीले ८ ट्रक अवैध सुपारी बरामद गरेको हो । प्रदेश १ प्रहरी कार्यालयका अनुसार उक्त सुपारी विराटनगर रानीमा चेकजाँचका क्रममा बरामद भएको हो ।

सबै ट्रकहरू भारतीय नम्बर प्लेटका छन् भने चालक समेत भारतीय नै रहेको प्रहरीले जनाएको छ । उक्त सुपारी इन्डोनेसियाबाट आएको आशंका गरिएको छ । अहिले अनुसन्धानकै क्रममा रहेकाले सुपारी ल्याउने व्यक्तिको यकिन भइनसकेको प्रहरीले जनाएको छ । उक्त ट्रकहरू अहिले इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

उक्त सपारी र ट्रक आवश्यक प्रक्रिया पुरा गरी भन्सारलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ । मोरङको रानी नाका हुँदै सुपारी तस्करी हुँदै आएपनि पछिल्लो केही वर्षयता भने तस्करीका धन्दा रोकिएको थियो ।

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् ।

प्रतिक्रिया