आजको मौसम : भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, ६ श्रावण

काठमाडौं, ६ साउन । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशको पहाडी भू–भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ भने नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया