प्रदेश १ को नाम ‘लिम्बुवान-किरात’ राख्नुपर्ने माग गर्दै प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, ५ श्रावण

विराटनगर, ५ साउन । प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गएको बेला पहिचानका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात प्रदेश’ घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।

बिहीबार विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरूले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदेश १ को नामाकरणका लागि घनिभूत छलफल भएरहेका बेला राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्न नचाहेको उनीहरूको भनाइ छ ।

विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू पहिचानकै आधारमा प्रदेशको नामाकरण हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया