आईआईएफटीका प्रबन्धक निर्देशक शेर्पा ‘कर्पोरेट विजनेश एक्सेलेन्सी अवार्ड-२०२२’द्वारा सम्मानीत
अखबार टुडे
प्रकाशित:
२०७९, ५ श्रावण

काठमाडौं, ५ साउन । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी)का प्रबन्धक निर्देशक तेन्जिङ शर्पा ‘कर्पोरेट विजनेश एक्सेलेन्सी अवार्ड–२०२२’बाट सम्मानीत भएका छन् ।

कर्पोरेट म्यागजिनद्वारा संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा तेन्जिङसँगै विभिन्न व्यवसायी तथा उद्योगीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले अवार्ड प्रदान गरेका थिए ।

आईआईएफटीले फेसन डिजाइनर बन्न चाहनेहरुको इच्छा मात्र पूरा गरेको छैन, नेपाली फेसन क्षेत्रमा नयाँ आयाम थप्ने काम समेत गरेको छ ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपार्टीमा रहेको आईआईएफटीले सयौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ ।आईआईएफटीबाट उत्पादित विद्यार्थीले काठमाडौं, ललितर, भक्तपुरलगायत देशका विभन्न सहरमा बुटिक तथा फेसन स्टोर सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो समय आईआईएफटी इन्टेरियर डिजाइनिङसमेत कोर्ष गराउँदै आएको छ । आईआईएफटी (स्कुल अफ फेसन तथा आईआईएफटी इन्टेरियर डिजाइनिङ इन्स्टिच्युटका सञ्चालक एवं प्रबन्धक निर्देशक तेन्जिङ शेर्पालाई यसपटक वित्तिय सम्बन्धी समाचार पस्कँदै आएको कर्पोरेट म्यागजिनले उत्कृष्ट विजनेश अवार्ड प्रदान गरेको हो ।

त्यसो त यसअघि आईआईएफटीले फेसन डिजाइनिङ क्षेत्रमा योगदान गरेवापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड र सम्मानहरु पाइसकेको छ ।

प्रतिक्रिया