श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ४ श्रावण

काठमाडौं, ४ साउन । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघेले दुई प्रतिस्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएको न्युजवायरले जनाएको छ । यसअघि उनी कार्यवाहक राष्ट्रपति रहेका थिए ।

समाचारमा जनाइएअनुसार विक्रमासिंघेले १३४ मत पाएका छन् । यसअघि उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।
श्रीलंकाको संसदमा २२५ सदस्य छन् । तीमध्ये २२३ जनाले मतदान गरेको र २१९ मत सदर भएको समाचारमा जनाइएको छ ।
यस्तै, उनका प्रतिस्पर्धी दलास अलाहप्पेरूमा ८२ र अनुरा कुमारा दिस्सानायके ३ मत पाएका छन् ।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो । कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया