एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ३ श्रावण

काठमाडौ., ३ साउन । नेकपा एकीकृत समाजवादीले वाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वर्तमान ५ दलीय गठबन्धन कायम राख्दै वाम एकताका लागि पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले बताए । उनका अनुसार बैठकले वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने, समाजवाद सम्बन्धि दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरण अभियानलाई आगाडि बढाउने निर्णय गरेको छ ।

साथै, बैठकमा असार १३ र १४ गते बसेको पार्टीको केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया