थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि न्यायपरिषद आक्रामक देखिएका छन् ।

न्यायपरिषद बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायाधीश राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले सिफारिस गरेको हो ।

न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरु बर्खास्तीमा पर्नेछन् । निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए ।

यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो ।

प्रतिक्रिया