गोहीको पेटमा शिकार कति बेरसम्म जिउँदो रहन सक्छ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन (एजेन्सी) । गोहीले भैँसी, गाईवस्तु, सर्प, अजिंगर यहाँसम्म कि मानिसलाई समेत निल्न सक्छ । संसारको सबैभन्दा खतरनाकमध्ये एक हो गोही। यो सामान्यतया अफ्रिकामा बढी पाइन्छ । मानसिहरुका लागि पनि गोही खतरनाक छ ।

के गोहीको शिकार उसको पेटमा कति बेरसम्म जिउँदो रहन सक्छ ?, यदि तपाईंलाई गोहीले निल्यो भने के हुन्छ? यो शिकारको आकार र मजबुतीमा निर्भर हुन्छ ।

गोहीको पाचन यति तगडा हुन्छ कि यसले ५८ किलोग्रामको मानिस वा जीवलाई गलाएर १३ किलोग्रामको बनाउन सक्छ । यति तौल गोहीको पेट भर्न पर्याप्त हुन्छ ।

गोहीले कसरी गर्छन् शिकार ?
गोहीले आफ्नो शिकारलाई पानी भित्रबाट हेरिरहेको हुन्छ । सही मौकाको प्रतीक्षा गर्छन् । एकछिन मान्नुहोस् कि तपाईं नदीको किनारामा हिँडिरहनुभएको छ । नदीबाट तपाईंलाई गोहीले हेरिरहेको छ । तर तपाईंले गोही कहाँ छ भनेर सुइँकोसमेत पाउनुहुन्नँ ।

यदि केही गरी देखिहाल्नुभयो भने पनि भाग्न मुश्किल छ । किनभने गोही सतहमा १८ देखि २० किमी प्रतिघण्टाको गतीमा दौडन्छ । उसले आफ्नो शिकारको खुट्टालाई आफ्नो बलियो बंगारामार्फत् भाँच्ने गर्छन् ।

बंगाराले खुट्टा भाँच्ने बेला उसले ३५०० किलोग्राम तौल बराबरको शक्ति लगाउँछ जसका कारण शिकार वा तपाईं भाग्न सक्ने कुनै सम्भावना नै छैन । त्यसपछि उसले तपाईंलाई घिसारेर पानीमा लैजानेछ र त्यसपछि आरामले खानेछ ।

गोहीले कसरी पचाउँछ आफ्नो खाना ?
उटाह युनिभर्सिटीका बायोलोजिस्ट सि.जि फारमरका अनुसार खाना पचाउने यो रहस्यमयी तरिकाको पछाडि गोहीको हार्ट भल्भ समावेश हुन्छ जसलाई गोहीले दिमाग अर्थात् न्युरोलोजिकल्ली नियन्त्रित गर्छ ।

यसले मुटुमा जाने रगतको सञ्चारलाई बाइपास गरेर सिधै आफ्नो पेटससम्म पुर्याउन सक्छ । यसो हुँदा तीब्र गतिमा ग्यास्ट्रिक एसिड निस्कन्छ । जुन कुनै अन्य जीवको पेटबाट निस्कने ग्यास्ट्रिक एसिडभन्दा १० गुणा बढी हुन्छ ।

गोहीलाई खाना पचाउन कति समय लाग्छ ?
विज्ञका अनुसार गोहीले आफ्नो तौलको २३ प्रतिशत हिस्सा बराबरको तौल भएको शिकारलाई एकपटकमा खान सक्छ । अर्थात्, यसको बंगाराले तोडेको शिकार पेटभित्र १०–१२ दिनमा सड्ने गर्छ ।

यो उसको शरीरको आकार र तौलमा निर्भर हुन्छ । यदि मौसमले साथ दियो भने यो चिसो रगत भएको जीवको शरीरबाट निस्कने एसिडले कुनै पनि शिकारलाई १० देखि १२ दिनसम्म पचाउन सक्छ । त्यसैले जब गोहीले अत्यधिक भारी जीवको शिकार गर्छ, ऊ धेरै दिनसम्म शान्त बसिरहन्छ ।

गोहीको पेटमा कति बेरसम्म जिउँदो रहन्छ शिकार ?

यदि तपाईंलाई गोहीले पानीभित्र तानेर लगेको छ भने सुरुमा त तपाईंको डुबेकै कारण मृत्यु हुनेछ । तपाईंको शरीर चिसो भएपछि यसले तपाईंलाई निल्न सुरु गर्नेछ । यदि गोहीले तपाईंलाई जमिनमा शिकार बनाएको छ भने तपाईं बाँच्ने आशा शून्य बराबर छ ।

किनभने जब तपाईं उसको पेटको पहिलो चेम्बरमा पुग्नुहुन्छ तब उसको शक्तिशाली मांसपेशीले तपाईंको शरीरलाई तोड्न थाल्छ । दोस्रो चेम्बरबाट निस्कने शक्तिशाली एसिडले तपाईंलाई गाल्न सुरु गर्छ । पानीमा भएको अवस्थामा त बिर्सिनुहोस् कि पेटभित्र कुनै जीव बाँच्नेछ ।

गोहीले के खान्छन् ?
गोही मांसहारी हुन्छन् । यिनीहरु मासु मात्रै खान्छन् । जंगलमा यिनीहरु माछा, पंक्षी, भ्यागुता खान्छन् । कतिपटक त यिनीहरुले अन्य गोहीमाथि पनि हमला गरेर खाने गर्छन् ।

बन्द स्थानमा मुसा, माछा, साधारणतया यिनीहरु आफ्नो बंगाराले शिकारलाई स–साना टुक्रामा तोडेर पेटमा पुर्याउने गर्छन् । त्यसपछि थुप्रै दिनसम्म पचाइरहन्छन् । गोहीले कुनै पनि शिकारलाई चपाउन सक्दैनन् । न नै यिनीहरुलाई खान योग्य साना टुक्रामा बाँड्न सक्छन् ।

के गोहीका चार पेट हुन्छन् ?
गोहीका चार पेट हुँदैनन् । तर त्यो दुई भागमा बाँडिएका भने हुन्छन् । पहिलो चेम्बर निकै शक्तिशाली र मासुयुक्त हुन्छ । दोस्रो चेम्बर बढी एसिडिक हुन्छ । अर्थात्, पहिलो चेम्बरमा शिकारलाई तोडमोड गरिन्छ । दोस्रो चेम्बरमा एसिडले त्यसलाई पगालिन्छ । यी दुबै पेट मिलेर शिकारका मांसपेशी, हड्डी, प्वाँख वा सिङसम्म पचाउन सक्छन् ।

प्रतिक्रिया