थपिए ४५७ कोरोना संक्रमित, एक जनाको मृत्यु
प्रकाशित:
२०७९, २ श्रावण

काठमडौं, २ साउन । पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना संक्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।
यही अवधिमा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने