चलचित्र विकास बोर्डको अध्यक्षमा १० उम्मेदवारको नाम सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै अध्यक्षमा दरखास्त दिनेमध्ये छनोट भएका उमेदवारको नाम सार्वजनिक गरिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीका अरुणकुमार प्रधान, ललितपुरका नरेशकुमार पौड्याल, इलामकी सुचित्रा श्रेष्ठ, काठमाडौंका दिपक श्रेष्ठ, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुशीलकुमार पोखरेल, सुष्मा कार्कीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी पनि सूचनामा उल्लेख छ ।

तत्कालीन अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएपछि मन्त्रालयले असार ५ गते दरखास्त आह्वान गरेको थियो । बोर्डको अध्यक्षको कार्याकाल दुई वर्षको हुन्छ ।

प्रतिक्रिया