एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् ।

सरकारले विधि र प्रक्रियाविपरीत आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वरिष्ठ एआईजी पोखरेलले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा सिंह भन्दा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग थियो । तर गत शुक्रबार सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया