जेलेन्स्कीद्वारा सुरक्षा प्रमुख र महाअभियोजक बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख र महाअभियोजकलाई  देशद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् ।

सुरक्षा एजेन्सी प्रमुख इभान बाकानोभ र मुख्य अभियोजनकर्ता इरिना भेनेडिक्टोभालाई रुससँग सहकार्य गरेको अभियोगमा बर्खास्त गरिएको जनाइएको छ ।

बर्खास्तीसँगै राष्ट्रपति जेलेन्स्कीले उनीहरूबिरुद्ध ६५१ वटा देशद्रोहका मुद्दा लगाएको बताइएको छ । जेलेन्सकीले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए ।

आइतबार राति भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले उनीहरुले राष्ट्रको सुरक्षाको आधारशिला विरुद्धका शृङ्खलाबद्ध अपराध गरेको बताए । यसले दुई प्रमुखमाथि ठूलो प्रश्नचिन्ह खडा भएको र यसको उपयुक्त जवाफ आवश्यक रहेको उनले जिकिर गरे ।

खेरसनमा रहेका वरिष्ठ गुप्तचर अधिकारीहरूलाई पनि यस्तै आरोप लगाउँदै थप कारबाही गरिने चेतावनी दिए । युक्रेन युद्धको सुरक्षा सेवाहरूमा रूसी घुसपैठको समस्या भएको बताउँदै आएको छ ।

उनीहरू बर्खास्त भएसँगै राष्ट्रपति जेलेन्स्कीका विश्वासपात्र ओलेक्सी सिमोनेन्कोलाई नयाँ अभियोजनकर्ता नियुक्त गरिएको छ । साथै सुरक्षा प्रमुख भने नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया