भिडियोमा ‘दुधको साक्षी बिरालो’
अखबार टुडे
प्रकाशित:
२०७९, २ श्रावण

काठमाडौं, २ साउन । लोकप्रिय गायिका मेलिना राई र गायक बिकु क्षेत्रीको युगलमा स्वरमा समावेश ‘दुधको साक्षी बिरालो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द ईट्टाघरेको रहेको छ भने संगीत दिपक शर्माको रहेको छ । गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ ।

रोशन बिकले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतकार ईट्टाघरेको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो युनिकर्न मोशन पिक्चर्स नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रहको गरेको छ ।

प्रतिक्रिया