यसरी नमुना बन्दैछन् दर्पण र सुजिता (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १ श्रावण

काठमाडौं, १ साउन । चर्चित गीतकार तथा मोडल दर्पण राई र गायिका सुजिता योञ्जन एक भिडियोमा सँगै देखिँदैछन् ।
गीतकार दर्पण राईको शब्दरचना रहेको ‘नमुना’ बोलको गीतको भिडियोमा दर्पण र सुजिताको अनस्क्रिन रोमान्स देख्न सकिने छ ।

‘नमुना’ गीतमा पछिल्लो समय पाश्र्वगायनमा व्यस्त प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ । यस गीतमा संगीत अजय कार्कीको रहेको छ ।

गायनमा उदाउँदो सुजिता र दर्पणले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । भिडियोको कन्सेप्ट खुलाइएको छैन । तर, भिडियोमा प्रेमपछिको भागी विवाहलाई उतार्न खोजिएको बुझिएको छ ।

यो गीतको भिडियोलाई शसान कँडेलले निर्देशन गरेका छन् । शनिबारदेखि छायाँकन सुरु गरिएको यस गीतको भिडियोलाई काठमाडौंको धर्मास्थली र आसपासमा खिचिएको छ ।

यो गीतको छायाँकन सोमबार मात्र सकिने गीतकार तथा मोडल दर्पण राईले बताए । उनका अनुसार गीतको भाव र मर्मअनुसार भिडियोमा मिहिनेत गरिएको छ । उनले भने, ‘चाँडै भिडियो दर्शक तथा श्रोतामाझ ल्याउने छौँ, त्यसपछि सबै कुरा खुल्नेछ ।’ भिडियोमा कलाकार श्याम राईको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया