मिसाइल आक्रमणबाट युक्रेनको निकोपोल सहरमा ३७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १ श्रावण

काठमाडौं, १ साउन । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको ज्यान गएको छ भने केही नागरिक घाइते भएका छन् ।

त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भइरहेका छन् । आक्रमणबाट नजिकै रहेको आवासीय भवनमा क्षति पुगेको छ । रुसको निशानामा आवासीय भवन तथा महत्त्वपूर्ण क्षेत्रहरू परेका छन् ।

रुसको लामो दूरीको क्रुज मिसाइल आक्रमणले मध्य सहर डिनिप्रोमा रहेको अन्तरिक्ष रकेट प्लान्टमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । झन्डै ६ महिना लामो युद्धका कारण रुस तथा युक्रेनका हजारौँ सेना र नागरिकले ज्यान गुमाएका छन् । अहिले पनि आक्रमणका घटना रोकिएका छैनन् ।

प्रतिक्रिया