मंगलबार रातिदेखि तीन/चार दिन लगातार झरी पर्ने सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७९, १ श्रावण

काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भोलि देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुन् जनाइएको छ । राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सी मंगलबार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको छ । दक्षिणतर्फ रोकिएर रहेको मनसुनी रेखा मंगलबारबाट उत्तरतर्फ सर्ने भएकाले पर्सी रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद सजिना शाक्यका अनुसार मंगलबार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया