भारतीय विदेशमन्त्री जयशंकरले भने- प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ३२ असार

काठमाडौं, ३२ असार । भारतीय विदेशमन्त्री एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । भारतको ३ दिने भ्रमणका रहेका प्रचण्डलाई शनिबार विदेशमन्त्री जयशंकरले नयाँदिल्लीस्थित ताजमानसिंह होटेलमा भेटेका हुन् ।

भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । त्यस्तै, ‘छिमेकी पहिलो नीतिलाई अँगाल्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सधैं साझेदार रहने पनि उनको भनाइ छ ।

प्रचण्डसँगको भेटबारे जानकारी दिँदै विदेशमन्त्री जयशंकरले टिवटरमा लेखेका छन्, ‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका पुष्पकमल दाहाललाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ । स्वकीय सचिवहरू गंगा दाहाल र रमेश मल्लसँग भ्रमणमा गएका प्रचण्ड आइतबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया