आजको मौसम : देशभर वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०७९, ३२ असार

काठमाडौं, ३२ असार । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज शनिबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्यत बदली रहने छ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया