अभिनेत्री जान्हवीको खुलासा- ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेपछि ब्रेकअप !
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण ब्रेकअप गरेको खुलासा गरेकी छन् ।

अभिनेत्री जाह्नवीले ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा यस्तो खुलासा गरेकी हुन् ।

करण जोहरको यस एपिसोडमा अभिनेत्री जाह्नवीसँगै अर्की अभिनेत्री सारा अली खान पनि थिइन् । त्यसोत, जाह्नवी र साला अली खान एक–अर्काको राम्रो साथी पनि हुन् ।

अभिनेत्री जाह्नवीले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण आफ्नो ब्वाइफ्रेण्डसँग ब्रेकअप गरेको बताइरहँदा सारा र करण जोहर भने निकै आश्चर्य चकित बनेका थिए । त्यस्तै जाह्नवीले सोही विषयलाई लिएर आफ्नो ब्वाइफ्रेण्डसँग निकै झगडा गरेको पनि खुलासा गरिन् ।

उनले भने, ‘रिलेशन पनि तोडेकी थिँए तर, ६ घण्टापछि पुनः प्याचअप भएको थियो ।’ उक्त शोमा जाह्नवीको ड्रेसिङ सेन्स र पर्सनालिटीबारे करणले खुलेरै तारिफसमेत गरेका थिए । त्यस्तै करणले जाह्नवीलाई सेक्सी र हटको ट्यागसमेत दिएका थिए ।

प्रतिक्रिया