एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्चद्वारा खारेज
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको छ ।

सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । अदालतको उक्त फैसलासँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया