एमालेले भन्यो- सरकारको एक वर्ष वर्वादीमै बित्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । सरकारको एक वर्ष समयको बर्बादीमै वितेको नेकपा एमालेले आरोप लगाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक वर्षे कार्यकालबारे प्रमुख प्रतिपक्षी एमालेको शुक्रबार पार्टीको धारणा सार्वजनिक गरेको हो ।

एमालेका सचिव योगेश भट्टराईले भने, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादीमा मात्र गरेको छ ।’

उनले संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षाजस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवाद आधार तय गर्ने सवालमा सरकारले छेउ र टुप्पो नै फेला पार्न नसकेको सचिव भट्टराईले टिप्पणी गरे ।

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।

प्रतिक्रिया