इटालीका प्रधानमन्त्री मारियो द्राघीले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार (एजेन्सी) । इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री द्राघीले अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका हुन् ।

युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुखसमेत रहेका द्राघीले फेब्रुअरी २०२१ देखि इटाली सरकारको नेतृत्व गरेका थिए । उनले जारी गरेको विज्ञप्तिमा एकता सरकारलाई टिकाउने विश्वासको सन्धि टुटेको बताएका छन् ।

तर, राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् । राष्ट्रपति सर्जियो माटारेल्लाले अब द्राघीलाई राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्न आह्वान गरेका छन् । राष्ट्रपति मटारेल्लाको हस्तक्षेपको प्रभाव पूर्ण रूपमा स्पष्ट छैन । द्राघी अर्को बुधबार संसदमा जाने अपेक्षा गरिएको छ ।

राष्ट्रपति माटारेल्लाले कोभिड–१९ पछिको महामारी रिकभरीको नेतृत्व गर्न र देशलाई महामारीको अस्थिरताबाट बचाउन विगत एक दशकमा इटालीका छैठौं प्रधानमन्त्रीका रुपमा द्राघीलाई नियुक्त गरेका थिए ।

प्रतिक्रिया