डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर
प्रकाशित:
२०७९, ३१ असार

काठमाडौं, ३१ असार । अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ ११ पैसा कायम छ । नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो ।
पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ । विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।
अमेरिकी डलर र युरोको भाउ बराबरी जस्तै छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १२७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ३१ पैसा तोकेको छ ।
युरोपमा २० वर्षपछि अमेरिकी डलर युरोभन्दा बलियो बनेको कारण विश्वका धेरै देशमा युरो कमजोर भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार