रहिनन् डोनाल्ड ट्रम्पकी जेठी पत्नी इभाना
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ असार

काठमडौं, ३१ आसार (एजेन्सी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी इभाना ट्रम्पको निधन भएको छ । इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् । ‘उनी एक सुन्दर र अद्भुत महिला थिइन्, जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन्,’ उनले लेखेका छन् ।

इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

इभाना ट्रम्प र डोनाल्ड ट्रम्पका तीन सन्तान छन् । समाचार एजेन्सी एपीका अनुसार उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

स्रोतलाई उद्धृत गर्दै एपीले इभाना न्यूयोर्कमा उनको घरको सिँढी नजिकै भेटिएकी थिइन् । उनी खसेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया