आलोचना भएपछि प्रधानमन्त्री देउवाले भने- तत्काल हतियार किन्ने योजना छैन
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार


काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले तत्काल नेपाल प्रहरीका लागि हतियार किन्ने योजना नरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा गोपानमान श्रेष्ठ र अर्जुननरसिंह केसीले आर्थिक समस्या भएका बेला सरकारले करोडौं रुपैयाँमा हतियार किन किन्न लागेको हो ? भन्ने प्रश्न गरेका थिए ।

ती प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री देउवाले अहिले हतियार किन्ने सरकारको कुनै तयारी नभएको बताए । ‘हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन’ प्रधानमन्त्री देउवमले भने, ‘म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु ।’

सरकारले ८४ करोड रुपैयाँमा विदेशी हतियार खरिद गर्न लागेको भन्दै सांसदहरूले विरोध गरेका थिए ।

प्रतिक्रिया