एकैदिन २६० जनामा कोरोना पुष्टि, १ हजार १७१ सक्रिय संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७९, ३० असार

काठमाडौं, ३० असार । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालमा दिनदिनै कोरोनाका संक्रमित थपिने क्रम बढेसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ ।

बिहीबार देशभर ११७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ७६७ पुगेको छ ।

प्रतिक्रिया