काठमाडौंमै चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते
प्रकाशित:
२०७९, ३० असार
काठमाडौ., ३० असार । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।
गएराती १ बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया